काठमाडौं । नबिल बैंक पनि बैंकमा प्रवेशमा कोरोना विरुद्ध लाइएको खोप कार्ड अनिवार्य गरेको छ ।
एक सूचना निकाल्दै बैंकले सेवाग्राहीलाई खोप कार्ड हेरेर मात्र कार्यालय वा शाखाहरुमा प्रवेश गर्न दिने जनाएको हो ।
बैंकले कोरोना संक्रमण जोखिमलाई नियन्त्रणका लागि कुनै पनि शाखा कार्यालयहरुमा प्रवेशमा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड चाहिने व्यवस्था गरेको हो ।
यद्यपि, कोरोना विरुद्ध खोप लगाएको कार्डको मोबाइलमा फोटो भएपनि देखाउनुपर्ने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस्, सूचना:
वि.सं.२०७८ माघ ८ शनिवार १५:५८ मा प्रकाशित