back
Mega Long Ad

सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेशमा

काठमाडौं । प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको छ ।

प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट १२.९९ प्रतिशत छ । अघिल्लो वर्ष १७.३६ प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत चुहावट रहेको छ ।

गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट १०.१७ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३९.८० प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट ५३.०७ प्रतिशत थियो ।

महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ४२.२७ प्रतिशत रहेकोमा यस वर्ष ३७.६१ प्रतिशत रहेको छ । औद्योगिक ग्राहक धेरै रहेकोले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट ०.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो ।

प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत चुहावट २४.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २७.२२ प्रतिशत थियो ।

बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३०.११ प्रतिशत विद्युत चुहावट रहेको छ । गत त्यस केन्द्रको २६.५८ प्रतिशत चुहावट थियो ।

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१.९३ प्रतिशत चुहावट रहेको छ ।

अघिल्लो वर्ष त्यस केन्द्रको २५.१२ प्रतिशत चुहावट थियो । त्यसपछि सिन्धुपाल्चोककै हेलम्बू वितरण केन्द्रको विद्युच चुहावट ३०.७८ प्रतिशत छ । गत वर्ष केन्द्रको चुहावट ९.२८ प्रतिशत थियो ।

गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८.९२ प्रतिशत रहेकोमा यस वर्ष १५.५५ प्रतिशतमा झरेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५.५६ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १४.८४ प्रतिशत थियो ।

लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट प्यूठान वितरण केन्द्रको १९.४२ प्रतिशत रहेको छ । अघिल्लो वष त्यस केन्द्रको चुहावट १९.९० प्रतिशत थियो ।

कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष ३१.२५ प्रतिशत रहेकोमा यस वर्ष २७.१३ प्रतिशतमा झरेको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको रहेको छ । गत वर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २०.४४ प्रतिशत पुगेको छ ।

वि.सं.२०७८ माघ ९ आइतवार १२:३६ मा प्रकाशित

You can share this post!

prabhu bank
हिम पर्वत हाइड्रोपावरको विशेष साधारण सभा जेठ २५ गते

हिम पर्वत हाइड्रोपावरको विशेष साधारण सभा जेठ २५ गते

वि.सं.२०७९ जेठ ९ सोमवार १०:३१

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा गर्ने...

हावाहुरीले १४० विद्युत् पोलमा क्षति

हावाहुरीले १४० विद्युत् पोलमा क्षति

वि.सं.२०७९ जेठ ८ आइतवार १४:४२

चितवन । जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका...

२८ करोड ८० लाख नोक्सानीमा शिवश्री हाइड्रोपावर, विद्युत बिक्री आम्दानी भने तीन महिनामै ३६.४८% ले बढ्यो

२८ करोड ८० लाख नोक्सानीमा शिवश्री हाइड्रोपावर, विद्युत बिक्री आम्दानी भने तीन महिनामै ३६.४८% ले बढ्यो

वि.सं.२०७९ जेठ ८ आइतवार १२:१८

काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को...

रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

वि.सं.२०७९ जेठ ४ बुधवार १२:२०

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि निष्काशन...

अपर तामाकोशीको नोक्सानी बढेर १ अर्ब ६५ करोड पुग्यो, विद्युत बिक्री आम्दानी कति ? (विवरणसहित)

अपर तामाकोशीको नोक्सानी बढेर १ अर्ब ६५ करोड पुग्यो, विद्युत बिक्री आम्दानी कति ? (विवरणसहित)

वि.सं.२०७९ जेठ २ सोमवार १६:०६

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९...

चिलिमे जलविद्युतको नाफामा झिनो सुधार: विद्युत बिक्रीबाट कमायो ८२ लाख ३४ हजार (विवरणसहित)

चिलिमे जलविद्युतको नाफामा झिनो सुधार: विद्युत बिक्रीबाट कमायो ८२ लाख ३४ हजार (विवरणसहित)

वि.सं.२०७९ वैशाख २८ बुधवार ११:४६

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को...