back
NMB ad

गोर्खाज फाइनान्सको नाफा १ करोड ६५ लाख रुपैयाँ, खराब कर्जा ८.१७ प्रतिशत पुग्यो

Kumari bank ad

काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले १ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ७४.८५ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८ करोड १६ लाख ७० हजार रुपैयाँ रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा ४६.६० प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड २९ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालनमा मुनाफा ३ करोड १५ लाख ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीको संचालन मुनाफा पनि गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ८७ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीको संचालन मुनाफा २४ करोड ३३ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने भने ७० करोड ४८ लाख ११ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा ४.४२ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने बढेर ८.१७ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १७ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ ९ आइतवार १३:५९ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...