
काठमाडौं । कामना सेवा विकास बैंकले स्थानान्तरित शाखाको उद्घाटन गरेको छ । बैंकले तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा शाखा स्थानान्तरण गरि उद्घाटन गरेको हो ।
शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकहरुकोे माग तथा सुविधालाई मध्यनजर गरी स्थानान्तरण गरेको हो ।
स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको आइतबार बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो ।
बैंकले सोसियल मिडिया बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसएमएस बैकिङ्ग जस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैंकको १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७८ माघ ९ आइतवार १६:३७ मा प्रकाशित