back
NMB ad

‘बेञ्चमार्क व्याजदर’लागु , कस्तो पर्ला असर ?

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले निर्यातजन्य उद्योगहरुलाई दिने कर्जामा लाग्दै आएको लिवर रेट हटाएको छ । राष्ट्र बैंकले आइतबार एक निर्देशन जारीगरी हालसम्म निर्यातका लागि दिइदै आएको कर्जाको व्याजदर तोक्नका लागि लिइने ‘लिवर दर’ लाई हटाएर ‘बेन्चमार्क व्याजदर’लागु गरेको हो । यो एक बर्षे हुने गरेको छ । त्यसैगरी सो व्याजदर तोक्नका लागि लिइने व्याजदर सिमा पनि बढाइएको छ । यसअघि लिवर दर १.२५ प्रतिशत रहेकोमा अव भने १.७५ ‘बेन्चमार्क व्याजदर ’कायम हुने भएको छ ।

तयारी पोसाक, गलैचा, पश्मिना, हस्तकला लगायतका बस्तु निर्यातकर्ताहरुलाई परिवत्र्य विदेशी मुद्रामा ‘प्रि–सिपमेन्ट‘ र ‘पोस्ट–सिपमेन्ट’ कर्जा उपलव्ध गराउदा यो व्यवस्था लागु हुने बैंकले जनाएको छ ।

त्यस्तै कर्जा प्रदान गरे वापत सम्बन्धीत बैंकहरुले माग गरेमा असल कर्जाको तमसुकको धितोमा एक बर्षे ‘बेञ्चमार्क व्याजदर’मा ०.७५ प्रतिशत थप गर्ने व्यवस्था पनि गरेको छ । यसअघि ०.२५ प्रतिशत ‘लिवर ’दरमा ०.२५ प्रतिशत थप गर्ने व्यवस्था थियो । यो व्यवस्था पुनकर्जाको लागि माग हुने निर्यातजन्य उद्योगहरुको हकमा लागु हुने केन्द्रिय बैंकले जनाएको छ ।

यो व्यवस्थाले बैंकहरुको तिर्नुपर्ने रकममा कुनै फरक नपर्ने नेपाल राष्ट्र बैंकका सहप्रबक्ता नारायण पोखरेलले जानकारी दिए । उनका अनुसार लिवर रेट सन् २०२२ देखि विश्वभर प्रचलनमा नरहने भएकोले राष्ट्र बैंकले बेञ्चमार्कको व्यवस्था गरेको हो । प्रतिशत बढ्नुमा अर्थ नरहने पनि सहायक प्रबक्ता पोखरेलले जनाए ।

त्यस्तै यदी पहिलेको ऋण सम्झौतामा डिसेम्वरको अन्त पश्चात् ‘लिवर’ सट्टा फलव्याक प्रोभिजनिङको व्यवस्था भएमा सोही अनुसार हुने पनि जनाइएको छ । यदी सो व्यवस्था नभएमा ऋणदाता र ऋणी दुवैको सहमतिमा अलइन कष्टमा ५० वेसिस प्वाइन्ट थप गर्न सकिने व्यवस्था पनि केन्द्रिय बैंकले गरेको छ ।

तर यदी अमेरिकी डलरमा अंकित ‘लिवर बेन्चमार्क व्याजदर’ एक बर्षको अवधिको कायम गरिएको हकमा भने जुन ३० सन् २०२३ सम्म साविक बमोजिम नै हुने व्यवस्था पनि गरेको छ ।
त्यस्तै यदी युरो र जापानी यानको हकमा ६ महिना अवधि भएको हकमा भने त्यसको भ्यालु डिसेम्वर ३१ सन् २०२२ सम्म हुने छ ।

के हो ‘बेञ्चमार्क’ व्याजदर ?

विदेशी मुद्रामा नयाँ ऋण माग्यो भने जुन देशको मुद्रा हो सोही देशको प्रचलनमा आएको ओभेरनाइट रेटहरुलाई आधार मान्नुलाई बेञ्चमार्क भनिन्छ । जस्तै अमेरिकी डलरमा ऋण दिनुछ भने अमेरिकाको सेक्युयर्ड ओभरनाइट फाइनान्स रेट (एसओएफआर, युरोको हकमा स्र्टलिङ ओभरनाइट इन्टरबैंक एभरेज रेट जस्तो) लाई आधार मान्नु नै बेञ्चमार्क व्याजदर हो ।

अब भने नेपालबाट दिइने विदेशी मुद्राको कर्जाको व्याजदर भने तत् तत् विदेशी मुद्राको सोही व्याजदरहरुलाई आधार मानेर १.७५ प्रतिशत थपेर व्याजदर तोकिनुपर्ने छ ।

 

वि.सं.२०७८ माघ ९ आइतवार १६:५७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...