
काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी कारोबार र लगानी गैरकानुनी भएको जनाएको छ । बैंकले आइतबार एक सुचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार, हाइपर फण्डमा लगानी तथा पिरामिड शैलीको नेटवर्क मोर्किटिङमा आवद्ध नहुन सचेत गराएको छ ।
साथै राष्ट्र बैंकले ति सवै कामहरु गैरकानुनी भएको स्पष्ट गर्दै त्यस्ता काममा आबद्ध हुन प्रोत्साहन गर्ने, गराउने जानकारी आएको भन्दै त्यस्ता विषयमा गंभिर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
नेपालमा त्यस्ता क्रिप्टोकरेन्सी जस्ता भर्चुअल करेन्सीले नेपालको विनिमय कारोबारमा मान्यता नपाएको भन्दै त्यस्ता गैर कानूनी वित्तिय औजारमा लगानी र कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैध तरीकाले रकम विदेशीने हुँदा त्यस्तो कारोबारमा संलग्न नहुन सचेत गराएको हो ।
त्यस्तै राष्ट्र बैंकले नेपाली नागरिकहरुले त्यस्तो कारोबार तथा लगानी कार्य गरे गराएको खण्डमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।
वि.सं.२०७८ माघ ९ आइतवार १७:२३ मा प्रकाशित