back
NMB ad

एनएमबि बैंकले कमायो १ अर्ब ७१ करोड बढी नाफा, यस्तो छ वित्तीय अवस्था (विवरणसहित)

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सोमबार प्रकाशित वित्तीय विवरण अनुसार बैंकले चालु आवको पुस मसान्तसम्ममा १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ ।  जुन गत वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५० करोड ९६ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा २ अर्ब ८६ करोड ९४ ला ख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्षको सोही अवधिमा भने ५.३७ प्रतिशतले घटेको हो । यस वर्षको उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रुपैयाँ रहेको छ ।

चालु आवको दोस्रो त्रैमासमा बैंकको संचालन मुनाफा ५.३८ प्रतिशतले वृद्धि भई २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने यो नाफा २ अर्ब २९ करोड ९३ लाख २१ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ रहेको छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्ममा बैंकले १ खर्ब ८१ अर्ब ७० करोड ६ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ७२ अर्ब १४ करोड ५१ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिका तुलनामा निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः १०.४६ प्रतिशत र १३.९९ प्रतिशतले बढेको हो ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ६ अर्ब ७५ करोड ९३ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

चालु आवको पुस मसान्तसम्ममा बैंक खराब कर्जा पनि घटाएको छ । गत वर्षको दोस्रो त्रैमासमा २.३८ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने १.४९ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १० सोमवार ०९:२६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...