काठमाडौं । सन राइज बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक बर्षको ६ महिनामा बैंकको नाफा २१.४७ प्रतिशतले घटेर ७४ करोड ५५ लाख रुपैयाँ रहेको छ । गत वर्षको यसै अवधिमा बैंकले ९४ करोड ९४ लाख १२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै बैंकको निक्षेप ६ महिनाको अवधिमा २१.४३ प्रतिशतले बढेर कुल निक्ष्षेप १ खर्ब २९ अर्ब रुपैयाँ पुुगेको छ । त्यस्तै ऋण विस्तार पनि एक खर्ब २० अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा ५ अर्ब २४ करोड ६ लाख ८९ हजार रुपैयाँ सञ्चित रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ १ पैसाबाट घटेर अहिले १४ रुपैयाँ ७४ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७९ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.३६ गुणा रहेको छ ।
वि.सं.२०७८ माघ १० सोमवार ११:०९ मा प्रकाशित