back
NMB ad

बढ्यो नेपाल बैंकको नाफा, संचालन मुनाफा भने २० प्रतिशतले घट्यो (विवरणसहित)

Kumari bank ad

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष २०७८/७९ दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४.९३ प्रतिशतले कमी हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १.८० प्रतिशतले वृद्धि भई ३ अर्ब २ करोड ४९ लाख ३० रुपैयाँ पुर्याएको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९७ करोड १३ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफामा पनि २०.०८ प्रतिशतको गिरावट देखिएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ४ करोड ६३ लाख २२ हजार रुपैयाँ मुनाफा गरेको बैंकले यस वर्षको पुस मसान्तसम्ममा भने १ अर्ब ६३ करोड ५३ लदाख ३६ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा बैंकले १ खर्ब ८२ अर्ब ८४ करोड ९ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ६३ खर्ब १० करोड ९४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १७ अर्ब ४६ करोड ९६ लाख ६२ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब ०.९७ प्रतिशतले घटेर १.९१ प्रतिशत पुगेको छ । गत वर्षको पुस मसान्तमा कम्पनीको खराब कर्जा २.८८ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा भने कम्पनीको यो आम्दानी १ रुपैयाँ ७० पैसाले घटेको हो । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ भने २३८ रुपैयाँ १२ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १० सोमवार १३:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...