काठमाडौं । आज मंगलबार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने भएको छ । योेसँगैे मंगलवारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन् ।
कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी माघ २१ गते साधारण सभा बोलाएको छ ।
वि.सं.२०७८ माघ ११ मंगलवार १०:३० मा प्रकाशित