back
NMB ad

आशा लघुवित्तले कमायो ८ करोड ७३ लाख नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । आशा लघुवित्त संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ८ करोड ७३ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा भने २४.८० प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७ करोड ५३ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षको पुस मसान्तमा भने ११ करोड ६८ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासमा कम्पनीको संचालन मुनाफा ५२.२२ प्रतिशतले बढेर १३ करोड ८५ लाख २९ हजार रुपैयाँ कायम भएको छ । यो नाफा गत वर्षको सोही अवधिमा भने ९ करोड १० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १८ करोड २० लाख ५० हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा भने घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ४.९८ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटाएर ३.८५ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ ११ मंगलवार १२:०८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...