back
NMB ad

२०५.१८ प्रतिशतले बढ्यो कालिका लघुवित्तको नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ८ करोड ४० लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २०५.१८ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ करोड ७५ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १६.३६ प्रतिशतले वृद्धि भई १५ करोड १६ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो नाफा १३ करोड ३ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको संचालन मुनाफा ६ करोड ३७ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २७ करोड ६८ लाख ८१ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने कम्पनीले २२ करोड ७ लाख १६ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ४.६६ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा घटेर ३.८७ प्रतिशत कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६० रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७२ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १२ बुधवार १३:१७ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...