back
NMB ad

चालु आवको ६ महिनामा बाणिज्य बैंकहरुले तिरे १४ अर्ब राजस्व, कुनको बैंकको कति ?

Kumari bank ad

शर्मिला ठकुरी

काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा बाणिज्य बैंकहरुले १४ अर्ब ११ करोड ७५ लाख रुपैयाँ आयकर वापत सरकारलाई राजस्व बुझाएका छन् । बैंकहरुले कमाएको नाफाबाट सो रकम सरकारलाई बुझाएका हुन् ।

चालु आर्थिक बर्षको ६ महिनामा बैंकहरुले ४८ अर्ब ३२ करोड ८२ लाख रुपैयाँ नाफा गरेका थिए । सो नाफाबाट बैंकहरुले सरकारालाई आयकर बापत सो रकम बुझाएका हुन् । बाणिज्य बैंकहरुको आयकर तिरेपछिको नाफा भने ३४ अर्ब २१ करोड ६ लाख रुपैयाँ छ ।

बाणिज्य बैंकहरुले आयकरको ३० प्रतिशत रकम सरकारलाई आयकर बापत अग्रिम बुझाउनुपर्दछ । गत बर्षको सोही अवधिमा बैंकहरुले १३ अर्ब २६ करोड ३३ लाख रुपैयाँ आयकर मापत सरकारालाई राजस्व बुझाएका थिए । गत आर्थिक बर्षमा सरकारलाई बाणिज्य बैंकहरुले २७ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ बराबरको आयकर बुझाएका थिए ।

आर्थिक बर्षको ६ महिनाको अवधिमा दुई वटा बैंक (एनआइसी एसिया र ग्लोवल आइएमई बैंक) ले मात्र अर्ब रुपैयाँ भन्दा बढी आयकर बुझाएका छन् । सवैभन्दा बढी एनआइसी एसिया बैकले १ अर्ब २ करोड ९४ लाख र ग्लोवल आइएमई बैंकले एक अर्ब १ करोड ६६ लाख रुपैयाँ आयकर बापत सरकारालाई राजस्व बुझाएका छन् ।

त्यस्तै यो अवधिमा सवैभन्दा कम राजस्व बुझाउने बैंकमा सिभिल बैंक रहेको छ । सो बैंकले यस अवधिमा जम्मा २२ करोड ८२ लाख रुपैयाँ सरकारालाई आयकर बापत राजस्व बुझाएको हो ।

बैंकहरुले आयकर बुझाएपछिको रकम मात्र खुद आयमा गणना गर्न पाउँछन् । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा ग्लोवल आइएमईले बढी राजस्व तिरेकोमा आर्थिक बर्ष सकिदा भने नविल बैंक आयकर तिर्नेमा पहिलो भएको थियो ।

नविल बैंकले गत आर्थिक बर्षमा १ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । गत आर्थिक बर्षको पहिलो ६ महिनामा कुनैपनि बैंकले एक अर्ब रुपैयाँ आयकर तिरेका थिएनन् ।

तर आर्थिक बर्ष सकिदा भने नविल, ग्लोवल आइएमई, एनआइसी एसिया, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, प्राइम, एनएमबी, नेपाल इन्भेष्टमेन्ट र सिद्धार्थ बैंकगरी नेपाल बैंक, हिमालयन बैंक र कुमारी बैंक गरी १२ वटा बाणिज्य बैंकले एक अर्ब रुपैयाँ भन्दा बढी आयकर तिरेका थिए ।

विदेशी लगानी भएका बैंकहरुले कति तिरे आयकर ?

विदेशी लगानी भएका बैंकहरुले गत बर्षको तुलनामा कम नै आयकर बुझाएका छन् । विदेशी लगानी भएका नेपाली बाणिज्य बैंकहरु हिमालयन, एभरेष्ट, एनएमबी, नविल, नेपाल बंगलादेश बैंक, नेपाल एसविआइ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक हुन् ।

ति बैंकहरुले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा क्रमशः ३१ करोड ८६ लाख, ३५ करोड ९५ लाख, ७१ करोड २८ लाख, ९३ करोड ५२ अर्ब, २५ करोड ७९ लाख, ३३ करोड ५४ लाख र ४६ करोड ५७ लाख रुपैयाँ आयकर तिरेका छन् । जुन गत आर्थिक बर्षको सोही महिनाको तुलनामा अधिकांशको बढी नै रहेको छ ।

वि.सं.२०७८ माघ १४ शुक्रवार १३:२४ मा प्रकाशित

You can share this post!

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...