काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त अवधिमा कम्पनीले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ५०.५० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ नाफा गरेको थियो ।
चालु आवको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ४९ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको यो आम्दानी ४६.९६ प्रतिशतले बढी हो । गत वर्षको पुस मसामन्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
उक्त अवधिमा कम्पनीको संचालन मुनाफा ३ करोड ८१ लाख २ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २३ करोड १७ लाख ६० हजार रुपैयाँ राखेको छ ।
कम्पनीको खराब कर्जा भने वृद्धि भएको देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा १.४५ प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा भने बढेर २.८४ प्रतिशत पुगे को छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ११० रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा रहेको छ ।
वि.सं.२०७८ माघ १६ आइतवार ०९:५१ मा प्रकाशित