back
NMB ad

साधना लघुवित्तको अधिकांश सूचकमा देखियो चमक, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ७ करोड ५७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुुस मसान्तसम्मको तुलनामा ११५.९१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५० लाख ९५ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ६१.४५ प्रतिशतले वृद्धि भई १४ करोड ८८ लाख ५० हजार रुपैयाँ पुगेको छ । यो आम्दानी गत वर्षको सोही अवधिमा ९ करोड २१ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा १० करोड ४१ लाख ५६ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ३२ करोड १२ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड ६९ लाख २१ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ३.५२ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर १.२८ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १६ आइतवार ११:४३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...