back
NMB ad

लाईफ इन्स्योरेन्स कर्पाेरेशनको एजीएम मिति तय, कहिलेसम्म सेयर किन्नेले पाउँछन् २१ प्रतिशत लाभांश ?

Kumari bank ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले सधारणसभा मिति तय गरेको छ । कम्पनीले आफ्नो १९औं वार्षिक साधारण सभा फागुन ११ गर्ने निर्णय गरेको हो ।

कम्पनीको माघ ११ गते सबेको संचालक समितिको बैठकले उक्त दिन बिहान ११ बजेबाटलाई सभा आह्वान गरेको छ ।

कोरोना संक्रमनको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने छ ।

सभाले कम्पनी संचालक समितिको वार्षिक प्रतिवेदन २०७६।७७ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६।७७ को वासलात, आय व्यय र सोही अवधिको नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्ने छ ।

सभाले प्रस्तावित २० प्रतिशत बोन शेयर र कर प्रयोजनका लागि समेत गरी १ दशमलव ०५२६३१५६९ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखापरीक्षण समितिको प्रस्तावित आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले संस्थापक शेयरधनीको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, बोनश शेयर पछि कायम हुने पूँजी बृद्धिका सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा निकायहरुले आवश्यक सुझाम वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को निर्देशन बमोजिम प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक अनुमोदन गर्ने र अध्यक्षको अनुमतिले अन्य कुनै विषयमाथि छलफल गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म शेयर दाखिला खारेजको काम बन्द हुने जनाएको छ । त्यसकारण माघ २३ गतेसम्म् नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

वि.सं.२०७८ माघ १६ आइतवार १३:१४ मा प्रकाशित

You can share this post!

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...