back
NMB ad

३६.८७ प्रतिशतले बढ्यो सिभिल लघुवित्तको नाफा, कस्ता देखिए मुख्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीले ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३६.८७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ६७.६० प्रतिशतले वृद्धि भई ११ करोड ८४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीको यो आम्दानी ७ करोड ६ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफा ५ करोड ६९ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलना ४०.१५ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको संचालन मुनाफा ४ करोड ६ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने १० करोड ८० लाख ४१ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा २.४१ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटाएर १.३३ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १७ सोमवार १३:१२ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...