
काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त अवधिमा कम्पनीले नोक्सानी घटाएको छ । कम्पनी यस वर्षको पुस मसान्तसम्ममा १ करोड ७५ लाख ३० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनी १२ करोड ३२ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
उक्त अवधिमा कम्पनीको संचालन आम्दानीमा उल्लेखीय सुधार भएको छ । जसका कारण कम्पनीको नोक्सानी घटेको हो ।
चालु आवको पुस मसान्तसम्म कम्पनीले २५ करोड ९२ लाख ३० हजार रुपैयाँ संचालन आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४०३.२७ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड १५ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने ४३ करोड ७५ लाख ४४ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ १४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ४८ पैसा रहेको छ ।
वि.सं.२०७८ माघ १७ सोमवार १४:५२ मा प्रकाशित