back
NMB ad

तीन महिनामा ज्योति लाईफको नाफा ४५ प्रतिशतले बढ्यो, हेर्नुस् अन्य सूचकहरु

Kumari bank ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो तीन महिनामा खुद नाफा ४५ प्रतिशतले बढाएको छ ।

समिक्षा अवधिमा मात्रै कम्पनीले ४ करोड १७ लाख २७ हजार खुद नाफा कमाएको हो ।

असोज मसान्तसम्म यस्तो नाफा ९ करोड २२ लाख ८० हजार कमाएकोमा पुस मसान्तसम्म आउँदा कम्नीको खुद नाफा १३ करोड ४० लाख बढी नाफा कमाउन सफल भएको हो ।

यद्यपी अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा भने यो नाफा मात्रै २४.२२ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा १० करोड ७८ लाख ७१ हजार खुद नाफा कमाएको थियो ।

यो नाफामा जीवन बीमा कोष मार्फत आर्जन भएको आम्दानीलाई उल्लेख नगरिने भएकाले जीवन बीमा कम्पनीको नाफा कम देखिने गरेको छ । जीवन बीमा कोष मार्फत आर्जन भएको मुनाफा एक्चुअरी प्रतिवेदन पछि मात्रै छुट्टाइन्छ । यहि नाफाका आधारमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ ।

यसैगरी समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १७.६९ प्रतिशत बृद्धि भएको छ । कम्पनीले यो अवधिमा एक अर्ब ६४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको थियो ।

यता कुल बीमा शुल्क आर्जन पनि १८.६२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आउँदा कुल बीमा शुल्क आर्जन एक अर्ब ७१ करोड रुपैयाँ पुगेको हो ।

त्यस्तै कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७२ करोड ९० लाख रुपैयाँ जम्मा भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले आफ्नो जीवन बीमा कोष ७६.३० प्रतिशतले बढाउन सफल भएको छ । पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा यस्तो कोषमा २ अर्ब ९१ करोड रुपैयाँ थियो ।

 


वि.सं.२०७८ माघ १७ सोमवार १५:३९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...