back
NMB ad

अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशत बढ्यो, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १३.९१ प्रतिशत बढेको छ ।

कम्पनीले पुस मसान्तसम्म आउँदा खुद नाफा ४ करोड ६३ लाख ४० हजार रुपैयाँ आर्जन गरेको हो । यस्तो नाफा रकम गत आर्थिक बर्षको सोही अवधिमा ४ करोड ६ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यो दोस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ९.१४ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीले २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २० करोड ८६ लाख ५८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढाउन सफल भएको छ । समिक्षा अवधिमा कम्पनीले कुल बीमाशुल्क आर्जन ७९ करोड २१ लाख ५० हजार रुपैयाँ आर्जन गरेको हो । जबकी गत आर्थिक बर्षको सोही अवधिमा कुल बीमाशुल्क आर्जन जम्मा ६८ करोड ८३ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको समिक्षा अवधिमा लगानी कर्जा तथा अन्य स्रोतबाट ४ करोड ९५ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६९ लाख ८६ हजार रुपैयाँ लगानी कर्जा तथा अन्य बाट आर्जन गरेको थियो ।

कम्पनीले समिक्षा अवधिमा खुद दावी भुक्तानी ११ करोड ५६ लाख ९३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७४ लाख ४८ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब १६ करोड ७७ लाख ७५ हजार रुपैयाँ छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम २९ करोड ६४ लाख ७९ हजार रुपैयाँ थियो ।

कम्पनीको हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ । जगेडा कोष ७७.९५ प्रतिशत बढेर ११ करोड ८० लाख २३ हजार रुपैयाँ, बीमा कोष ६३.६१ प्रतिशत बढेर १३ करोड ५३ लाख २५ हजार रुपैयाँ र महाविपत्ती कोष ४५.४७ प्रतिशत बढेर १ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १३ पैसा बढेर ९ रुपैयाँ २७ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १४ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १२६।४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८०.४५ गुणा रहेको छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार ११:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...