काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्नो स्वामित्वमा रहेको आइएमई लाईफ इन्स्योरेन्सको २ लाख बढी कित्ता सेयर बिक्रिका लागि बीमा समितिले स्वीकृत दिएको छ ।
आईएमई जनरलको संस्थापक शेयरधनि समेत रहेको हाथवेले आफ्नो नाममा रहेको सर्वसाधरण समूहको २ लाख ९ हजार ८ सय नौँ कित्ता सेयर बिक्रि गर्न अनुमति पाएको हो ।
कुनै पनि कम्पनी वा संस्थाको स्वामित्वमा रहेको सर्वसाधरण तर्फको सेयर बिक्रिका लागि पहिला कम्पनीको संचालक समितिमा स्वीकृतिका लागि माग गर्नुपर्दछ । कम्पनीको संचालक समितले निर्णय गरेपछि बीमा समितिमा स्वीकृतीको लागि सिफारिसि गर्दछ ।
बीमा समितिले स्वीकृत दिएपछि तीन महिना भित्रमा कम्पनीले उक्त सेयर बिक्रि गरि समितिमा जानकारी गराउनुपर्ने हुन्छ ।
सोही अनुरुप उक्त सेयर बिक्रिको लागि कम्पनीले स्वीकृत पाएको हो । अबको तीन महिनामा कम्पनीले बिक्रि कार्य सम्पन्न गर्नेछ ।
वि.सं.२०७८ माघ १८ मंगलवार ११:५४ मा प्रकाशित