
काठमाडौं । नेपाली बजारमा बजाजका मोटरसाइकल किन्ने प्रक्रिया झनै सजिलो भएको छ ।
नेपाली बजारमा लोकप्रिय मोटरसाइकल उत्पादक कम्पनी बजाजले अब बाइक किन्ने प्रक्रिया सजिलो बनाईदिएको हो ।
नेपालमा बजाजका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले शून्य प्रतिशत ब्याजदर तथा ४० प्रतिशत डाउपेमेन्टमा बाइक किन्ने सकिने सुविधा दिएको हो ।
कम्पनीले आजैदेखि अर्थात माघ १८ गतेदेखि नै लागू हुने गरि उक्त सुविधा प्रदान गरेको हो । यो सुविधा बजाजका आधिकारिक वितरक तथा स्वरुमहरुमा उपलब्ध हुनेछ ।
बजाजका नेपाली बजारमा पल्सर, एजेन्जर, डिस्कभर चर्चित अनि लोकप्रिय मोटरसाइकल हो । बजाजले फरक फरक आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई भिन्नाभिन्नै प्रकारका मोटरसाइकल बजारमा ल्याएको छ । विस्तृतका लागि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
कुनको कति पर्छ मूल्य ?
बजाजको ल्पाटिना १०० इएस( १०२सिसी)को १ लाख ८९ हजार ९ सय रुपैयाँ, डिस्कभर १२५ ड्रम (१२४ सीसी) २ लाख ९ सय, डिस्कभर १२५(१२५ सीसीको २ लाख १४ हजार ९ सय रुपैयाँ, डिस्कभर १२५ एसटी (१२५ सीसी) २ लाख १५ हजार ९ सय रुपैयाँ रहेको छ ।
यस्तै, पल्सर १२५ डिस्क(१२५ सीसी) २ लाख ४४ हजार ९ सय, पल्सर १५० एसडीको २ लाख ७५ हजार ९ सय, पल्सर १५० टिडीको २ लाख ९० हजार ९ सय, पल्सर १६० एनएस टिडी एबिएसको ३ लाख १९ हजार ९ सय, पल्सर २२० एफ एबिएसको ३ लाख ६१ हजार ९ सय, पल्सर २०० एनएस एबिएको ३ लाख ६७ हजार ९ सय रुपैयाँ पर्दछ ।
त्यसैगरि पल्सर २०० एनएस एफआईको ३ लाख ९३ हजार ९ सय, एजेन्जर १६० स्ट्रिट एबिएसको ३ लाख ४५ हजार ९ सय, एभेन्जर २२० क्रुस २२० को ३ लाख ६६ हजार ९ सय, डोमिनार २५० एबिएसको ५ लाख १८ हजार ९ सय, डोमिनार ४०० एबिएसको ५ लाख ९८ हजार ९ सय रुपैयाँ पर्दछ ।
वि.सं.२०७८ माघ १८ मंगलवार १४:१५ मा प्रकाशित