back
NMB ad

भारतले विद्युतीय मुद्रा प्रचलनमा ल्याउने, नेपालमा के होला ?

Kumari bank ad

काठमाडौं । भारतले रेगुलेटेड डिजिटल करेन्सी (विद्युतिय मुद्रा) ल्याउने जनाएको छ। मंगलबार भारतीय वित्त मन्त्री निर्मला सितारमणले आगामी वर्षको बजेट संघिय संसदमा प्रस्तुत गर्दै डिजिटल मुद्राको कारोबार गर्ने घोषणा गरेकी हुन् । उनले भारतीय रिजर्भ बैंकले डिजिटल करेन्सी लञ्च गर्ने स्पष्ट पारेकी छिन् ।

भारतीय नागरिकरुको ठूलो रकम विटक्वाइन लगायतका क्रिप्टोकरेन्सीमा लगानी रहेकोले उनीहरुको रकम सुरक्षित गर्नका लागि भारतले विद्युतीय मुद्रा संचालनमा ल्याउन लागेको हो ।
भारतले सुरक्षित लगानीको विकल्पमा विद्युतीय मुद्रा भारतीय रिजर्भ बैंकबाट सन्चालन गर्ने वित्त मन्त्री सितारमणले जानकारी दिइन् । हाल ब्लकचेन प्रविधिमा आधारित क्रिप्टोकरेन्सीमा लगानीलाई भारत सरकारले अवैध मानेको छ।

केन्द्रिय बैंकले ल्याउने विद्युतीय मुद्रा पनि ब्लकचेन प्रविधिमै हुने र सुरक्षित बनाउनका लागि केन्द्रिय बैंकले नियमन गर्ने बताइएको छ। त्यस्तै यस्तो कारोबारमा कर लगाइने पनि वित्त मन्त्री सितारमणले जानकारी दिइन् ।

भारतले आफ्नो देशमा विद्युतीय मुद्रा संचालनमा ल्याउने भएपछि नेपालमा पनि यसको असर पर्ने छ । नेपालमा अधिकांश नीति नियमहरु भारतको नै फोटोकपी गरेको पाइन्छ । अर्कोतिर भारतसँग सिमाना जोडिएको र अधिकांश नेपालीहरु भारतबाट प्रभावित हुने भएकोले नेपालले पनि सो नीति अबलम्वन गरिने पक्का छ ।

पछिल्लो समयमा नेपालमा पनि विद्युतीय मुद्राको कारोबारमा बैधानिकताको माग आइरहेको छ । भारतले कसरी यसको कारोबार र नियमन गर्छ त्यो हेरेर नेपाल राष्ट्र बैंकले नीति ल्याउने नेपाल राष्ट्र बैंकका एक कर्मचारीले बताए ।

वि.सं.२०७८ माघ १८ मंगलवार १५:२३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...