back
NMB ad

शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै राष्ट्रिय वाणिज्य बैंक

Kumari bank ad

काठमाडौं । शाखा कार्यालय संचालनका लागि राष्ट्रिय वाणिज्य बैंकले घर तथा भवन भाडामा खोजेको छ ।

बैंकले सिराहाको गोलबजार र बाराको कोल्हबीमा शाखा कार्यालय संचालनका लागि घर तल्ला वा भवन भाडामा लिन खोजेको हो ।

उक्त स्थानहरुमा नयाँ शाखा संचालनका लागि घर तल्ला वा भवन भाडामा दिन इच्छुक व्यक्ति वा संस्थाले आफूले लिन चाहेको मासिक बहाल रकम उल्लेख गरि बोपलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र आजैका मितिले २१ दिनभित्र ती दुवै शाखामा पेश गर्नुपर्नेछ ।

उक्त शाखा संचालनका लागि हल, ढुकुटी कोठा, प्रवन्धक क्वाटर, गार्ड क्वाटरका लागि २ हजारदेखि २५ सय वर्गफिट क्षेत्रफल भएको, सवारी साधान पार्किङ सुविधा, एटीएम तथा जेनेरेटर राख्ने सुविधा सम्पन्न भएको घर हुनुपर्ने बैंकले जनाएको छ ।

पिलर सिस्टमबाट निर्मित भवनको भुँई तल्ला, पानी विजुली बत्ति(थ्री फेज), टेलिफोन सुविधासहित कम्तीमा २/२ वटा टवाईलेट तथा बाथरुम रहेको सुविधा सम्पन्न पक्की र पार्किङको प्रशस्त सुविधा भएको भवनलाई विशेष प्राथमिकता दिईने बैंकले जनाएको छ ।

प्रस्तावित भवनमा नेपाल सरकारको स्वीकृत मापदण्ड अनुसार सार्वजनिक बाटो क्षेत्रमा नपर्ने गरि निर्माण गरेको हुनुपर्नेछ ।

वि.सं.२०७८ माघ १९ बुधवार १३:०६ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...