काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीहरुको बढुवाका लागि सिफारिस गरेको छ । बैंकले बरिष्ठ प्रबन्धकमा २१ जनालाई सिफारिस गरेको हो ।
बैंकको पदपूर्ति समितिले बरिष्ठ प्रबन्धकमा १७ जना, कानून तर्फ १ जना, लेखा तर्फ १ र सु.प्र. तर्फ २ जनालाई बढ्वाका लागि सिफारिस गरेको हो ।
बैंकले विभिन्न तह तथा पद संख्यामा कार्य सम्पादन मूल्याङ्कन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता बापत प्राप्त प्राप्ताङ्कका आधारामा मूल्याङ्कन बढुवाका लागि सिफारिस गरको हो ।
एक सूचना निकाल्दै बैंकले एक तह मुनिका पदमा कार्यरत उम्मेदवारहरुलाई बढुवाका लागि योग्यताक्रम सिफारिस गरेको जानकारी गराएको छ ।
हेर्नुहो्स, बढुवा हुनेहरुको नामावलीहरु :
वि.सं.२०७८ माघ १९ बुधवार १२:४५ मा प्रकाशित