back
Mega Long Ad

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा झापाका योङहाङ्को मृत्यू दावी भुक्तानी

इलाम । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्यू मृत्यू दावी रकम भुक्तानी गरेको छ ।

गोविन्दको मृत्यु भएपछि उनको परिवारलाई मृत्यू दावी रकम भुक्तानी दिएको हो ।

कम्पनीका उप क्षेत्रिय प्रवन्धक गुन्जन थापाले स्वर्गीय गोविन्दकी श्रीमती अमृता योङहाङ्गलाई मृत्यू दावी रकम हस्तान्तरण गरेका हुन् ।

स्वर्गीय गोविन्द योङहाङ्गले एजेन्सी मेनेजर निरा राई मार्फत गएको असारमा पाँच लाखको बीमा गरेका थिए । उनले पाँच लाखको बीमा गर्दा पहिलो किस्ताको ४१ हजार रकम मात्र रकम बुझाएका थिए । जसबाट कम्पनीले योङहाङ्गका परिवारलाई १० लाख बीस हजार दावी रकम उपलब्ध गराएको हो ।

त्यस्तै सोही परिवारले महालक्ष्मी लाइफमा एक लाखको जीवन हेरचाह बीमा गरेका थिए । सो को समेत एक लाख रकम कम्पनीले भुक्तानी दिएको छ । गोविन्दको बीमा गरेको तीन महिना पछि अर्थात असोजमा कोरोना संक्रमणका कारण मृत्यू भएको थियो ।

सन्तानको भविष्यका लागि सो रकमले पढाईमा सहयोग गर्ने भन्दै कम्पनीका उप क्षेत्रीय प्रबन्धक थापाले भविष्यको बारेमा थाहा नभए पनि आजै बीमा गरेर जोखिम बहन गर्न आग्रह गरेका छन् ।

वि.सं.२०७८ माघ २० बिहीवार १४:११ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन)...

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

वि.सं.२०७९ असार १६ बिहीवार १७:४३

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिन म्याद थप...

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

वि.सं.२०७९ असार १६ बिहीवार १७:२५

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराका दुईवटा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...