काठमाडौं । साताको अन्तिम कारोबार दिन साहस उर्जाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ६.०६ प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १७ करोड ११ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको २ लाख ४३ हजार १९४ कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ माघ २० बिहीवार १५:५९ मा प्रकाशित