काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यता विवरण पेस गर्न आग्रह गरेको छ ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले हाल नेपालमा ४१ कम्पनीहरुलाई आफ्ना कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्धारा आज जारी र्निदेशनमा सबै बीमक तथा पुनर्बीमक कम्पनीहरुलाई सबै कर्मचारीहरुको शैक्षिक योग्यता, उत्तिर्ण गरेको वर्ष, उत्तिर्ण गरेको विश्व विद्यालय देखि विद्यालयसम्मको विवरण तोकिएको तालिकामा भरेर ७ दिनभित्र बीमा समितिमा पठाउन निर्देशन दिईएको छ ।
बीमा कम्पनीहरुमा कार्यरत कतिपय कर्मचारीहरुको शैक्षित योग्यता नक्कली भएको पाईएपछि बीमा समितिले नियमन कडा गरेको हो ।
यसअघि नेपाल लाइफमा शैक्षिक योग्यता नै नपुगेका अमित कयाललाई गैर कानुनी रुपमा माथिल्लो पदमा नियुक्ती दिएको भनि बीमा समितिले एक तह घटुवा गराई कम्पनीमाथि १० हजार रुपैयाँ जरिवना गरेको थियो ।
वि.सं.२०७८ माघ २० बिहीवार १८:०८ मा प्रकाशित