back
NMB ad

छिमेक लघुवित्तले कमायो ४९ करोड ८४ लाख नाफा, वितरणयोग्य मुनाफा कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चालु आवको ६ महिनाको अवधिमा कम्पनीले ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने १९.०१ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६१ करोड ५४ लाख ९३ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.९० प्रतिशतले वृद्धि भई १ अर्ब १२ लाख ९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी ९८ करोड ४१ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको संचालनमा मुनाफामा भने गिरावट देखिएको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीको संचालन मुनाफा ८.३६ प्रतिशतले घटेर १ अर्ब २७ करोड ८ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको यो मुनाफा गत वर्षको सोही अवधिमा भने १ अर्ब ३८ करोड ६९ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको वितरणयोग्य मुनाफा ३८ करोड ८७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।  कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने १ अर्ब २८ करोड १७ लाख ३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ २६ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार ११:५२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...