back
NMB ad

एशियन लाइफको एजिएम सम्पन्न, २७ प्रतिशत लाभांश पारित

Kumari bank ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

सभा कम्पनीको प्रधान कार्यालय मैतिदेबी, काठमाडौंबाट भर्चुअल माध्यमबाट सम्पन्न गरिएको हो ।

सभाले संचालक समितिबाट प्रस्तावित र बीमा समितिबाट स्वीकृत भइसकेको २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै साधारण सभामा लाभांश वितरण, २०७६–७७ को वासताल, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ ।

साधारण सभाले हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९०‌ हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरी पारित गरेको छ । त्यसैगरी बोनश शेयरको लागि शेयरधनीले भुक्तानी गर्नुपर्ने लाभकरवापतको रकम भुक्तानी गर्नको लागि २ प्रतिशत नगद लाभांश वापत ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि पेश गरी पारित गरेको कम्पनीले जनाएको छ ।

साथै बाह्य लेखापरिक्षक आर ए एस एशोसिएसट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, एशियन क्यापिटलमार्फत् सामूहिक लगानी कोष संचालन गर्न नियामक निकायबाट स्वीकृत लिने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

त्यसैगरी सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहायता प्रदान गर्दा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १३:४४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...