back
NMB ad

सहकारी बैंक नियमन गर्न राष्ट्र बैंकमा छुट्टै विभाग, बैंक झन् राम्रो बन्छ : अध्यक्ष उप्रेति

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई नियमन गर्नका लागि छुट्टै विभाग गठन गरेको छ ।

केन्द्रिय बैंकले विहिबार एक सुचना जारी गैर बैक वित्तीय संस्था सुपरीवेक्षण विभाग गठन गरेको र सहकारी बैंकपनि सोही अन्तर्गत राखिएको जानकारी दिएको छ ।

यो व्यवस्थासँगै सहकारी बैंक तथा व्यवसायिक तथा मजवुत हुने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतिले जानकारी दिए । उनले भने, नेपाल राष्ट्र बैंकले यसअघि घ बर्गको लघुवित्त संस्थालाई गर्ने नियमन र सुपरिवेक्षण गर्दै आएको थियो अव भने छुट्टै विभाग नै गठन गरेर नियमन गर्ने भएको छ । यसले सहकारी बैंकलाई थप व्यवसायीकरण गर्नेमा कुनै शंका छैन ।

उनले राष्ट्र बैंकले गरेको यो व्यवस्था राम्रो भएको र व्यवहारमा कसरी लागु हुन्छ सो हेर्न बाँकी रहेको बताए । राष्ट्र बैंकको नियमनले सहकारी बैंक झन् राम्रो, वलियो र कुनैपनि जोखिम धान्नका लागि सक्षम हुने उप्रेतिको भनाई रहेको छ ।

सहकारी बैंकसँगै केन्द्रिय बैंकले कर्मचारी संचय कोष, नागरिक लगानी कोष, विदेशी विनियम कारोबार गर्न इजाजत प्राप्त संस्थाहरु, हायर पर्चेस कारोबार गर्न अनुमति प्राप्त कम्पनीहरु, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनीको समेत नियमन हुनेछ ।

केन्द्रिय बैंकको व्यवस्थापन समितिको माघ १३ गतेको निर्णय बमोजिम सो विभाग गठन भएको हो ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १८:०९ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...