back
NMB ad

महालक्ष्मी लाइफका सबै वित्तीय सूचकमा उल्लेख्य प्रगती, यस्तो छ दोस्रो त्रैमासको विवरण

Kumari bank ad

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउँदा चुक्ता पुजीँदेखि लिएर खुद मुनाफासम्म वृद्धि गरेको छ ।

कम्पनीले सार्वजनीक गरेको वित्तीय विवरण अनुसार कम्पनीका प्रायः सूचकहरुमा राम्रो प्रगति भएको देखिएको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यो आर्थिक वर्षमा कम्पनीले चुक्ता पुजीँमा पनि वृद्धि गरेको छ ।

कम्पनीले पछिल्लो तीन महिनामा मात्रै पनि चुक्ता पुजीँ वृद्धि गरेको छ ।
अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ७० करोड १९ लाख रुपैयाँ चुक्ता पुजीँ भएको यस कम्पनीले अहिले ३ अर्ब ३६ करोड ६२लाख चुक्ता पुजीँ पुर्याएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६६ करोड ४२ लाख बढी हो ।
यसो त अघिल्लो त्रैमासको तुलनामा पनि हाल कायम चुक्ता पुजीँ २२ करोड ६५ लाख बढी हो ।

यसरी नै कम्पनीले पुस मसान्तसम्म आउँदा जीवन बीमा कोष ५२.६६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा एक अर्ब १३ करोड ८१ लाख आठ हजार ६५० रुपैयाँ संचिती गरेको कम्पनीले गत पुस सम्ममा एक अर्ब ७३ करोड ७४ लाख ७३ हजार ३८८ रुपैयाँ जीवन बीमा कोषमा जम्मा गरेको हो ।

कम्पनीको जगेडा कोष र महाविपत्ति कोष सहित कूल कोषको आकार एक अर्ब ९६ करोड ६२ लाख १९ हजार २८० रुपैयाँ पुर्याउन सफल भएको छ ।

यसरी नै कम्पनीको गत आवको तुलनामा यस आवमा बीमाको व्यवसाय ४४ प्रतिशतले फराकिलो बनाउन सफल भएको छ । गत आवमा ४७ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा ६७ करोड ९१ लाख ५१ हजार २७२ रुपैयाँ खूद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीको खुद दावी भुक्तानी जम्मा सात करोड ३७ लाख रुपैयाँ छ ।

कम्पनीले कोरोना महामारीमा समेत आम्दानीमा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । सो कम्पनीले गत आवको तुलनामा यस आवमा आफ्नो आम्दानीमा ३० प्रतिशतले बृद्धि गरी १४ करोड २९ लाख पुर्याउन सफल भएको छ ।

कम्पनीको व्यवस्थापन खर्च जम्मा ३.३८ प्रतिशतले बृद्धि भई १० करोड पुगेको छ । कम्पनीले चालु आवको छ महिनामा १२ करोड ९९ लाख ६५ हजार ६८० रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई कमिशन वितरण गरेको छ ।

कम्पनीको खुद नाफा २।.७ प्रतिशतले बृद्धि भई पाँच करोड ३० लाख ८९ हजार २२६ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधीमा जम्मा पाँच करोड १९ लाख ६१ हजार ६८१ रुपैयाँ थियो ।

कम्पनीमा हालसम्म कायम पोलिसी संख्या ७३ प्रतिशतले बृद्धि भई ३३ हजार ४६८ वटा पुगेको छ ।

वि.सं.२०७८ माघ २४ सोमवार १२:५० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...