काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जनरल म्यानेजर (नायब महाप्रबन्धक) मा रेना रिजाल नियुक्त भएकी छन् ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा आफ्नो करियर सुरु गरेकी रिजाल सानिमा जनरल इन्स्योरेन्स कम्पनीको उक्त पदमा नियुक्त भएकी हुन् ।
उनी सँग इन्स्योरेन्स कम्पनीको विभिन्न पद तथा तहमा बसेर काम गरेको लामो अनुभव रहेको छ ।
वि.सं.२०७८ माघ २४ सोमवार १३:१४ मा प्रकाशित