back
NMB ad

४६.८४ प्रतिशतले नाफा वृद्धि हुँदा यस्ता देखिए आरएमडीसी लघुवित्तका अन्य सूचकहरु

Kumari bank ad

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीले १६ करोड ८५ लाख ४ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा ४६.८४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ४७ लाख ४७ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.८८ प्रतिशतले वृद्धि भई २७ करोड ७४ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी २० करोड १२ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनको अवधिमा कम्पनीको संचालन मुनाफा भने २३ करोड ४९ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य नाफा ३० करोड ४९ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने ९८ करोड ९२ हजार ७० हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जामा केही सुधार देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा ०.०६ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर ०.०५ प्रतिशत कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ माघ २४ सोमवार १३:२३ मा प्रकाशित

You can share this post!

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...