back
NMB ad

चार कम्पनीहरुले डाके साधारण सभा: लाभांश पारित गर्ने मुख्य एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । विभिन्न चार कम्पनीहरुले वार्षिक साधारण सभाका लागि मिति तय गरेका छन् । तीन वटा बीमा र एक फाइनानस कम्पनीले सभाका लागि मिति तोकेका हुन् ।

आउँदो फागुन महिनामा ज्योति लाइफ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपाल र जानकी फाइनान्सले सभा आव्हान गरेका छन् ।

कम्पनीहरुको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । तीन कम्पनीहरुले सेयरधनीलाई लाभांश दिने भएका छन भने अजोड इन्स्योरेन्सका लगानीकर्ताको हात खाली हुने भएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले आउँदो फागुन ६ गते वार्षिक साधारण सभा गर्ने भएका छन् ।

उक्त दिन हुने ज्योति लाईफको वार्षिक साधारण सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरेको छ ।

सोही दिन (फागुन ६ गते) हुने अजोड इन्स्योरेन्सले भने लगानीकर्ता लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

तर, कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

कम्पनीले सभाले आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्लोज गरेको छ ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपालले भने आउँदो फागुन ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभाले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको छ ।

त्यसैगरि फागुन ७ गते जानकी फाइनान्स कम्पनीले २५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २६ गतेदेखि ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ माघ २४ सोमवार १८:१० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...