back
NMB ad

जीवन विकास लघुवित्तको नाफा ४० करोड बढी, कस्ता देखिए अन्य सूचकहरु ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ४० करोड १६ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.०९ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो नाफा ३६ करोड ८१ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीले खुद ब्याज आम्दानी पनि ३२.६५ प्रतिशतले वृद्धि भई ८० करोड ३० लाख १४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको ६ महिनाको अवधिमा कम्पनीको यो आम्दानी ६० करोड ५३ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफा ४१ करोड ५३ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीको उक्त अवधिमा १९ करोड ८३ लाख १९ हजार रुपैयाँ खराब कर्जा संकलन गर्न सफल भएको छ ।

कम्पनीको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा ०.९५ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटाएर ०.७५ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३२ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार १०:१८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...