back
NMB ad

माउन्टेन इनर्जीको नाफामा देखियो चमक, अन्य सूचकहरुमा पनि उल्लेखीय सुधार

Kumari bank ad

काठमाडौं । माउन्टेन इनर्जी नेपालले चाुल आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

मंगलवार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ४२ करोड ६३ लाख १ हजार रुपैयाँ नाफा गरेको छ ।

कम्पनीको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ७८८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७६ लाख ६७ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी ह्वात्तै बढेपछि नाफामा उल्लेखीय सुधार भएको हो । उक्त अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६८ करोड २१ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा ७३०.५८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको यो नाफा ८ करोड २१ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा पनि ७५७.१० प्रतिशतले वृद्धि भई ५२ करोड ७२ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो मुनाफा ६ करोड १५ लाख १२ हजार रुपैयाँ मात्र रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने ८३ करोड १५ लाख ४२ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २५ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार १३:०८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...