काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकर खरिद गरेको छ । नेपाल लाईफले नेशनल मर्जेन्ट खरिद गरी आधिकारिक रुपमा ‘नेपाल लाइफ क्यापिटल’ बनाएको हो ।
मर्चेन्टको मंसिर २७ गतेको विशेष साधारणसभाले आफ्नो चल अचल सम्पति सहित सम्पुर्ण दायित्व नेपाल लाइफको खरिद गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि अनुसार आवस्यक प्रकृयाँका लागि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा निवेदन दिइएको थियो ।
कम्पनी रजिष्ट्रारले कम्पनीलाई सोहि अनुसार अनुमति प्रदान गरेको हो । कम्पनी रजिष्ट्रारले नेशनल मर्चेन्ट बैंकरको नाममा रहेको सम्पुर्ण चल अचल सम्पत्ती तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदी परिवर्तित नामको कम्पनीले स्विकार्ने तथा व्यहोर्ने गरी नाम परिवर्तन गरी नेपाल लाइफ क्यापिटल कायम गरेको हो ।
वि.सं.२०७८ माघ २५ मंगलवार १३:५८ मा प्रकाशित