काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आजबाट पदभार सम्हाल्ने भएका छन् ।
गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्ति गरेसँगै आजबाट पदभार ग्रहण गरेका हुन् ।
कार्कीले हिजोबाट नेप्सेको कार्यभार समाल्ने भएपनि विविध कारण गर्दा आजदेखि कार्यभार सम्हाल्ने भएका छन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नवनियुक्त सीईओले भोलिबाट कार्यभार सम्हाल्ने जानकारी दिएका छन् ।
वि.सं.२०७८ माघ २६ बुधवार १०:५३ मा प्रकाशित