back
NMB ad

२१.६२ प्रतिशतले बढ्यो किसान लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी पनि वृद्धि

Kumari bank ad

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार उक्त अवधिमा कम्पनीले ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा २१.६२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७२ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २.३६ प्रतिशतले वृद्धि भई १७ करोड ५१ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी १७ करोड १० लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालनमा मुनाफा भने ८३.२२ प्रतिशतले वृद्धि भई ६ करोड ५४ लाख २९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिमा भने ३ करोड ५७ लाख ११ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३७ करोड १३ लाख १४ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि २.७७ प्रतिशतले घटेर ४.७३ प्रतिशतमा झरेको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ६४ लाख १० हजार रुपैयाँ खराब कर्जा संकलन गरेको हो ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १० पैसाले वृद्धि भई २३ रुपैयाँ ४ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २६ बुधवार ११:१३ मा प्रकाशित

You can share this post!

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...