back
NMB ad

नयाँ सारथी लघुवित्तले कमायो ४ करोड ६३ लाख नाफा, अन्य सूचकहरु कस्ता ?

Kumari bank ad

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ४ करोड ६३ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ९.५४ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तमा कम्पनीले ५ करोड ११ लाख ९८ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४.२९ प्रतिशतले वृद्धि भई १३ करोड २८ लाख ५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यो आम्दानी ११ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, चालु आवको पुस मसान्तसम्ममा कम्पनीको संचालन मुनाफा ७ करोड ७५ लाख ६९ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही वर्षको सोही भने कम्पनीको यो मुनाफा ३६ करोड २ लाख ८३ हजार रुपैयाँ घाटामा रहेको थियो ।

उक्त अवधिमा कम्पनीले २९ लाख ८० हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ । कम्पनीको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने १.३९ प्रतिशतले वृद्धि भई ४.२५ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २६ बुधवार १२:१२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...