back
NMB ad

५९.८९ प्रतिशतले बढ्यो युनियन हाइड्रोपावरको नाफा, यस्ता छन् अन्य सूचकहरु

Kumari bank ad

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ९७ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ५९.८९ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड २३ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ११.८० प्रतिशतले बढेर ४ करोड ८८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी ४ करोड ३७ लाख १४ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफा ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ रहेको छ । कम्पनीको यो मुनाफा गत वर्षको तुलनामा भने १०.८९ प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पीको जगेडा कोष भने ५ करोड ६२ लाख ६३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । कम्पनीको जगेडा कोष गत वर्षको पुस मसान्तसम्ममा पनि ७ करोड ३० लाख ९५ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ५० पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २६ बुधवार १२:४७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...