back
NMB ad

‘पुँजी बजारमा १८ लाख लगानीकर्ताले गुमाए सम्पत्ति ’

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा सेयरबजारप्रति सर्वसाधारण लगानीकर्ताहरुको चासो बढेपनि करिव १८ लाख लगानीकर्ताहरु डुवेको तथ्यांक बाहिरिएको छ । नेपाल धितोपत्र बोर्डका संचालक शोभकान्त पौडेलले एक कार्यक्रममा नेपालभर करिव ३८ लाख लगानीकर्तामध्ये १८ लाख लगानीकर्ताहरुले आफुले गरेको लगानी गुमाएको पाइएको दावी गरेका छन् ।

संघिय संसदको अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको समेत उपस्थिति भएको सो कार्यक्रम उनले बजारमा कारोबार गर्नेमध्ये जम्मा ७ जनाले मात्र कमाएको आफूले अप्रत्यक्ष रुपमा गरेको एक अध्ययनमा पाइएको दावी गरे ।

उनले भने,‘बजारमा सवैलाई समान रुपमा खेल्ने अवसर दिनुपर्छ, तर नेपालमा भने करिव १८ लाख लगानीकर्ताहरु डुवेका छन् भने ७ जनाले कमाएका छन् । जुन अस्वाभाविक हो ।’

“कुनै सानो लगानीकर्ताले ३० हजार लगानी गरेको छ भने उसको रकम घटेर १५ हजारमा आएको छ, सरकारी निकाय पनि पाँच प्रतिशत कर आएकै छ, भनेर बसीरहेको छ। ठूला लगानीकर्ताहरु घाटामा जाने संकेत पाउने वित्तिकै बेचेर बाहिरिन्छन् किनकी उनीहरुसँग बजारको राम्रो इन्फरमेसन हुन्छ । डुव्ने सवै साना ण्लगानीकर्ताहरु हुन् जसको कुनै पहुँच हुन्न ।” उनले भने ।

उनले भने, ‘सेयर बजार नियमन गर्ने निकायमा नै हाम्रो ल्याप्सेस छ, त्यसैले नियमनकारी निकायलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्छ । ठूला लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकले यो नीति ल्यायो यसो हुनपर्ने भन्न मिल्दैन । नियमनकारी निकायलाई स्वतन्त्र रुपमा काम गर्न दिइएन भने हामी टर्कीजस्तो हुन सक्छौ ।’

सेयर बजारमा जोखिम भएपनि खेल्न भने सवैलाई उस्तै वातावरण मिलाइदिनुपर्ने उनको तर्क छ । बजारलाई मौलिक ग्रोथ हुनका लागि नियमनकारी निकायलाई दरिलो बनाएर अगाडी बढ्नु जरुरी रहेको पौडेलको भनाई रहेको छ ।

 

वि.सं.२०७८ माघ २६ बुधवार १४:३८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...