काठमाडौं । बुधवार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार २२.११ अंकले घटेको छ ।
साताको चौथो कारोबार दिन बजार परिसुचक २८१३.४७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। उक्त दिन कारोबार रकम पनि गिरावट आएको छ । उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् ।
अघिल्लो दिन ६ अर्ब बढीको कारोबार भएकोमा आज घटेर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज १८ करोड ६१ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
वि.सं.२०७८ माघ २६ बुधवार १५:२२ मा प्रकाशित