back
NMB ad

घट्दो मुद्रा संचितिलाई रोक्न राष्ट्र बैंकले गर्यो आयातमा थप कडाई, ४७ बस्तुमा नगद मार्जिनको व्यवस्था

Kumari bank ad

काठमाडौँ । राष्ट्र बैंकले आज थप २७ वस्तुको आयातमा कडाई गरेको छ । बुधबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै थप २७ वस्तुको आयातमा नगद मार्जिनको अनिवार्य व्यावस्था लागु गरेको हो ।

वैदेशिक मुद्रा सञ्चितिमा थप दबाब परेपछि राष्ट्र बैंकले यो कदम चालेको हो । यसअघि पनि राष्ट्र बैंकले विदेशि मुद्रा सञ्चितीको घट्दो दवावलाई रोक्न २० वस्तुको आयातमा कडाई गरेको थियो ।यसले आयातलाई घटाई घट्दो मुद्रा सञ्चितिलाई सन्तुलनमा ल्याउन सहयोग पुर्याउने राष्ट्र बैंकको अपेक्षा छ ।

चालु आर्थिक वर्षको ६ महिनामा मुद्रा संचिति करिब साढे २ खर्बले घटेर ६.६ महिनालाई पुग्ने विदेशि मुद्रा सञ्चिति रहेपछि अत्तालिएको राष्ट्र बैंकले यो व्यावस्था गरेको हो । जबकी राष्ट्रबैंकले ७.२ महिनालाई आयात धान्ने मुद्रा सञ्चितिको लक्ष्य राखेको छ ।

यसअघि २० वस्तुको आयातमा कडाई गरेको राष्ट्र बैंकले थप चार वस्तुको आयातमा ५० प्रतिशत नगद मार्जिन र २३ वस्तुको आयातमा सत प्रतिशत नगद मार्जिन अनिवार्य गरेको छ ।

कडाई गरिएका वस्तुहरु

पचास प्रतिशत मार्जिन अनिवार्य गराइएका चार वस्तु,

फाइबरका कपडा तथा धागोजन्यवस्तुहरु (६०)
बुनेका कपडाहरु तथा मुखुन्डोजन्य वस्तुहरु (६१)
फाइबर तथा कटनका कपडाहरु(ब्रा, पेन्टी, पञ्जा, ज्याकेट, सारी (इत्यादी) (६२)
ओड्ने तथा ओछ्याउने कपडा तथा टेन्टजन्य वस्तु(६३)

सत प्रतिशत मार्जिन लगाईएका वस्तुहरु,

माछाजन्य वस्तुहरु (०३)
दुद्यजन्य वस्तु तथा खाद्ययन्न(०४)
तरकारी तथा फूलहरुको बेर्ना (०६)
ससेज, मसेल लगायतका खानेकुराहरु (१६)
कोकोआजन्य वस्तु (१८)
फलफुल, काक्रो, टमाटर, अदुवा, लसुन तथा अचार साधिने साकाहारी बस्तुहरु (२०)
चिया तथा कफिजन्य वस्तु (२१)
घरपालुवा जनावरहरुको लागि खुवाउने दाना (२३)
रंगरोहनका सामानहरु(३२)
साबुन तथा हार्पिक (३४)
पलास्टीकजन्य वस्तुहरु (३९)
लेदरका कपडा, व्याग तथा बेल्डहरु (४२)
जनावरको रौँ बाट वनाइने बस्तु तथा कार्पेटहरु (५७)
गरगहना सुन चाँदी तथा हरेक प्रकारका (७१)
नेल कटर, चक्कु तथा पेचकसहरु(८२)
घडिजन्य वस्तुहरु(९१)
कुर्सि तथा पलङहरु (९४)
हातले बनाईएका पेन्टीङ तथा मुर्तिहरु(९७)
केराउ मटर जस्ता गेडागुडिहरु(०७१३१०००)
सुपारी तथा बदामजन्य वस्तु (०८०२८०००,०८०२९००० )
केरा (०८०३)
छोकडा मिठाई तथा खजुर(०८०४१००)
मरिचजन्य बस्तुहरु(०९०४११००)
राष्ट्र बैंकले यो भन्दा अगाडी विभिन्न १८ वस्तुमा सत प्रतिशत र २ बस्तुमा पचास प्रतिशत नगद मार्जिन अनिवार्य गरेको थियो ।

यसअघि कडाई गरीएका वस्तुहरु,

सवारी साधन (८७०३)
मेटल तथा काठका फर्निचर जन्य बस्तु (९४०३)
मार्बल, बोर्डहरु तथा ऊन (६८)
ल्वाङ (०९०७)
कपालमा लगाउने तेल, स्याम्फु तथा क्रिम (३३०५)
बोतल जार तथा गिलास (७०१०)
जुक्तारचप्पल तथा सोलहरु (६४)
कागजका फुल, नक्कली कपालहरु (६७)
ईट्टा, बेसिन तथा टाइलहरु (६९)
स्टिक तथा छाताहरु (६६)
सौन्दर्य तथा मेकअपका सामान (क्रिम, लोसन, लिपिस्टीक,नेल पोलिस)(३३०४)
मोटर साइकल, तथा बाईक (८७११)
प्रफ्युम तथा सौचालय पानी (३३०३)
खेल खेल्नका लागि प्रयोग हुने बस्तु (तास तथा टेबल तथा पार्ला (९५०४)
काठ तथा बाँसबाट बनेका सामान तथा धेलो, चपस्टिक आदि (४४)
चाँदी तथा चाँदीजन्य पदार्थ (७१०६)
चिनि तथा सख्खरजन्य वस्तु (१७)
मादक पदार्थ जन्य वस्तुहरु (२४)
टाउकोमा लगाउने टापि तथा मख्लरहरु (६५)
पानी तथा अल्कोहल जन्य वस्तुहरु (२२)

 

 

 

वि.सं.२०७८ माघ २६ बुधवार १९:४२ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...