back
NMB ad

आईएमई जनरलनको नाफा २० प्रतिशतले घट्यो, हेर्नुस् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सको नाफामा करिब २० प्रतिशतको गिरावट आएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले गरेको नाफाको तुलनामा यो त्रैमासको नाफा कम भएको हो ।

आईएमई जनरलले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड २ लाख रुपैयाँ कमाएको थियो भने यो आर्थिक वर्षको सोही अवधिमा मात्रै १२ करोड १३ लाख रुपैयाँ मुनाफा गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको नाफाको तुलनामा १९.२३ प्रतिशतले कम हो ।

नाफामा गिरावट आएपछि बीमा शूल्क आर्जनमा भने वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको पुसमसान्तसम्म ७१ करोड १३ लाख रुपैयाँ खुद बिमा शूल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुससम्म भने कम्पनीले ८२ करोड ६६ लाख रुपैयाँ खुद बिमाशूल्क आर्जन गरेको हो । यो रकम गत वर्षको तुलनामा १६.२० प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले २ हजार ५ सय ६१ हजार जनालाई ४२ करोड ८ लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा १ हजार ७ सय ३२ जनालाई २९ करोड १० लाख ७९ हजार रुपैयाँ भुक्तानी गरेको थियो ।

यसैगरी कम्पनीले यो आर्थिक वर्षमा अझै १ अर्ब २० करोड १९ लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

बीमाशूल्क आर्जन बढेसँगै अभिकर्ता कमिशनमा पनि वृद्धि भएको छ । कम्पनीले अभिकर्ता कमशिनको लागि १ करोड ८२ लाख ५३ हजार रुपैयाँ दिएको छ भने गत आर्थिीक वर्षको पुससम्म अभिकर्तार्लाइ कमिशन स्वरुप कम्पनीले मात्रै १ करोड ४८ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको थियो ।
कम्पनीको चुक्ता पुजीँ १ अर्ब १५ करोड ७५ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । यसको जगेडा कोषमा ३० करोड ४२ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १७२.११ रुपैयाँ कायम रहेको छ ।

 

 

वि.सं.२०७८ माघ २८ शुक्रवार ११:४८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...