back
NMB ad

कस्तो छ उन्नती सहकार्य लघुवित्तको वित्तीय प्रगति ?

Kumari bank ad

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्म २ करोड ७४ लाख ३६ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ४१.९२ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तमा कम्पनीले ४ करोड ७२ लाख ४० हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १८.२३ प्रतिशतले वृद्धि भई १२ करोड १५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी १० करोड २८ लाख ३ हजार रुपैयाँ रहेको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको संचालन मुनाफा ४ करोड ३५ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा भने ३४.६६ प्रतिशतले कमी हो ।

कम्पनीको खराब कर्जा भने ३.९५ प्रतिशतले वृद्धि भई ५.८४ पुगेको छ । कम्पनीको चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार रुपैयाा रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड १४ लाख १२ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ५९ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १३:१३ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...