काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा नेशनल लाईफ इन्स्योरेन्सको नाफा करिब ४० प्रतिशतले घटेको छ ।
कम्पनीले आज सार्वजनीक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा गिरावट आएको हो ।
गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको पुसमसान्तसम्ममा कमाएको नाफा ३९ प्रतिशतले कम हुन आएको छ ।
गत आर्थिक वर्षको पुसमसान्तसम्म २३ करोड ६५ लाख नाफा कमाएको यो कम्पनीले अहिलेको पुससम्म आउँदा मात्रै १४ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीले समिक्षा अवधिमा कुल ६ अर्ब ८० करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिका कम्पनीले ५ अर्ब ५४ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
त्यसैगरी कम्पनीले समिक्षा अवधिमा दावि भुक्तानी स्वरुप २ अर्ब ६९ करोड ५० लाख रुपैयाँ प्रवाह गरेको छ । यस्तो दाबी भुक्तानी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले मात्रै १ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबर मात्रै गरेको थियो ।
चुक्ता पुजीँ ३ अर्ब ३९ करोड ८ लाख र जगेडा कोषमा १ अर्ब १ करोड २२ लाख रहेको नेशनलको प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ र प्रति शेयर नेटवर्थ १३९.०६ रहेको छ
वि.सं.२०७८ माघ २८ शुक्रवार १६:३८ मा प्रकाशित