काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकि वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त अवधिमा कम्पनीले ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा २०.७३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको यो नाफा ३२ करोड २५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
चालु आवको ६ महिनाको अवधिमा कम्पनीको कुल आम्दानी पनि १९.११ प्रतिशतले वृद्धि भई ६७ करोड ६३ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी ५६ करोड ७८ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, उक्त अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी पनि १९.५७ प्रतिशतले वृद्धि भई ५८ करोड ७२ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैयाा रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २० अर्ब ८९ करोड १३ लाख १६ हजार रुपैयाँ राखेको छ ।
नाफा वृद्धि भएता पनि कम्पनीको प्रतिसेयर आम्दानीमा भने १५ रुपैयाँ ५० पैसा गिरावट देखिएको छ । योसंगै कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ ।
वि.सं.२०७८ फागुन १ आइतवार ०७:१६ मा प्रकाशित