back
NMB ad

हिमालयन जनरल इन्स्योरेन्सको सिईओमा विजयबहादुर शाह, आजबाट कार्यभार सम्हाल्दै

Kumari bank ad

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजयबहादुर शाह नियुक्त भएका छन् ।

सुशील बज्राचार्य बाहिरियसँगै शाह नियुक्त नियुक्त भएका हुन् । शाहलाई सीईओ नियुक्त गर्न बीमा समितिले स्वीकृति प्रदान गरेको छ । शाह एनएलजी इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा सीईओ सम्हालिसकेका व्यक्ति हुन् ।

कम्पनीले सीईओ बज्राचार्यलाई ४ वर्षको लागि दोस्रो कार्यकालको लागी नियुक्त गरेको थियो तर कार्यकाल सकिन डेढ वर्ष अघिनै इन्स्योरेन्सबाट बाहिरिएका हुन् । शाहले फागुन १ गतदेखि हिमालयन जनरल इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने बताइएको छ । नेपाल इन्स्योरेन्सको सीईओ पदबाट ४ बर्से कार्यकाल सकेर गत साउन ९ गते बाहिरिएका थिए । शाहले ६ महिनाको कलिङ पिरियड सकेका हुन् ।

बीमा क्षेत्रलाई राम्रोसँग बुझेका सीईओ शाहले नेपाल इन्स्योरेन्स कम्पनीलाई प्रतिस्पर्धी बजारमा उभ्याएका थिए । कुशल व्यावसायिक व्यवस्थापक शाहको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनीलाई व्यावसायिक कम्पनीका रूपमा रूपान्तरण गरेका थिए । सधैँ उचाइ छुन अभिप्रेरित गर्ने ऊर्जाशील शाहले वरिष्ठ चाटर्ड एकाउन्टेन्ट, एमबिएसम्मको अध्ययन गरेका छन् ।

सिईओे शाह फिलिपिन्समा सचिवालय रहेको विकासशील देशहरूको बीमा तथा पुनर्बिमा सङ्घको अध्यक्ष समेत रहेका छन् । शाह नेपाल व्यवस्थापन सङ्घबाट २०१४ मा वर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित समेत भएका थिए । बीमा र अन्य क्षेत्रमा ३५ वर्ष भन्दा बढीको अनुभव शाहसँग छ ।

वि.सं.२०७८ फागुन १ आइतवार १३:१० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...